रेडियो गौशाला , ९३६ पटक हेरिएको
काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालका प्रतिनिधि सभातर्फका सांसदहरुले मातृभाषामा सपथ लिने भएका छन्।
जस अनुसार सांसद अशोक कुमार राईले किराँत राई बान्तवा भाषामा, रामसहायप्रसाद यादव र प्रदीप यादवले भोजपुरीमा रञ्जु ठाकुरले मैथीली भाषामा सपथ लिने छन्।
राजकिशोर यादव, प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, वीरेन्द्रप्रसाद महतो, दीपक कार्की र रेखा यादवले नेपाली भाषामा सपथ लिने जसपाले जनाएको छ। सांसदहरुको भोलि सपथ हुँदैछ। संसद सचिवालयले मातृभाषामा शपथ लिन चाहनेले नाम पठाउन आग्रह गरेको थियो।
प्रकाशित मिति: २०२२-१२-२१ , समय : ०८:१०:३५ , २ वर्ष अगाडि