लोसपा संसदीय दलको नेतामा महन्थ ठाकुर चयन

रेडियो गौशाला , ८७२  पटक हेरिएको

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको नेतामा महन्थ ठाकुरलाई चयन गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मतिले चयन गरेको लोसपाका कार्यालय सचिव प्रदीप पाठकले बताए ।

संसदको प्रमुख सचेतक तथा अन्य पदको विषयमा पछि छलफल गरेर टुंगो लगाइने उनले बताए । प्रतिनिधिसभामा लोसपाका ४ जना सांसद रहेका छन् ।

प्रकाशित मिति: २०२२-१२-२१ , समय : १६:१२:०२ , १ वर्ष अगाडि