जसपा सांसद प्रदीप यादवले भोजपुरी भाषामा शपथ लिने

रेडियो गौशाला , १२२३  पटक हेरिएको

जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले भोजपुरी भाषामा शपथ लिने भएका छन् ‌।

शपथ ग्रहण गर्न संसद् भवन पुग्न लागेका बेला सांसद यादवले भोजपुरी भाषामा शपथ लिने कुरा सामाजिक सञ्जालमा लेखेका हुन् ।

उनले धोती, कुर्ती र पगरी लगाएको फोटो समेत सामाजिक सञ्जालमा राखेका छन् । मधेसको पहिचान तथा पहिरन झल्काउने धोती, कुर्ता, पगरी र गम्छा लगाएर भोजपुरी भाषामा शपथ लिने उल्लेख गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका यादव पर्सा क्षेत्र नम्बर १ बाट दोस्रो पटक निर्वाचित भएका हुन् ।

प्रकाशित मिति: २०२२-१२-२२ , समय : १३:१२:२४ , ३ वर्ष अगाडि