पूर्वराजा ज्ञानेन्द्र जनकपुरधाममा

रेडियो गौशाला , ८५६  पटक हेरिएको

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाह तीनदिने धार्मिक भ्रमणका लागि जनकपुरधाम गएका छन् ।

शाहका स्वकीयसचिव सागर तिमल्सिनाले झापाबाट जनकपुरधाम पुगेको बताएका छन् । उनी जनकपुर यात्री (मिथिला यात्री) निवासमा बसेका छन् ।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्अन्तर्गत रहेका जनकपुर यात्रीनिवास भाडामा लगाइएपछि नाम परिवर्तन गरी मिथिलायात्रीनिवास राखिएको हो ।

शाहले शनिबार बिहान ११ बजे जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम तय भएको स्वकीयसचिव तिमल्सिनाले जानकारी दिए ।

प्रकाशित मिति: २०२२-१२-२३ , समय : ०७:४८:३५ , १ वर्ष अगाडि