प्रचण्डले राखे आफूलाई पहिले प्रधानमन्त्री बनाउनुपर्ने माग, बन्यो यस्तो सहमति !

रेडियो गौशाला , ११७०  पटक हेरिएको

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पहिले प्रधानमन्त्री हुनुपर्ने माग गरेका छन् ।

बिहीबार साँझ बालुवाटारमा भएको प्रधानमन्त्री शेरबहादुर र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको छलफलमा प्रचण्डले आफू पहिले प्रधानमन्त्री हुनुपर्ने माग राखेका हुन् ।

स्रोतका अनुसार नेताहरू सरकार गठनका लागि प्याकेजमै सहमति हुनुपर्नेमा सहमत छन् । राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको विषयमा प्याकेजमा सहमति गरेर अघि बढ्ने सहमति भएको छ ।

प्रकाशित मिति: २०२२-१२-२३ , समय : ०७:५३:३३ , १ वर्ष अगाडि