सत्ता गठबन्धनका नेताहरूको बैठक आज पुनः बस्दै

रेडियो गौशाला , ५८५  पटक हेरिएको

काठमाडौँ- सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक आज पुनः बस्दै छ । शनिबार बसेको बैठक बिना निष्कर्ष सकिए पछि आज पुनः बैठक बस्न लागेको हो ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक गठबन्धनभित्रका दलहरूमध्येबाट कसले पहिला सरकार बनाउने भन्ने विषयमा छलफल भए पनि निष्कर्षबिना सकिएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री को पहिला बन्ने भन्ने बारेमा आइतबार (आज) बैठक बसेर टुङ्गो लगाइने जानकारी दिए ।

प्रकाशित मिति: २०२२-१२-२५ , समय : ०६:५३:४७ , १ वर्ष अगाडि