रेडियो गौशाला , १३०९ पटक हेरिएको

काठमाडौं- सरकारमा जाने निर्णय गरेसँगै जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव राष्ट्रपति निवास पुगेका छन् । काठमाडौँमा उपलब्ध कार्यकारिणी सदस्यको बैठकले माआवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
सो बैठकपछि अध्यक्ष उपेन्द्र यादव र जसपा संघीय परिषद्का अध्यक्ष अशोक राई दुवैजना राष्ट्रपति कार्यालय गएको पार्टी स्रोतले जनाएको छ । राष्ट्रपति कार्यालयबाट फर्केपछि बैठक पुनः बस्ने जसपाका एक नेताले बताए । बैठकका लागि कार्याकारिणी सदस्यहरु अहिले पार्टी कार्यालयमा नै छन ।

प्रकाशित मिति: २०२२-१२-२६ , समय : ०९:२०:५९ , २ वर्ष अगाडि