संसदीय दलको नेता छान्दै जसपा

रेडियो गौशाला , १३३०  पटक हेरिएको

काठमाडौँ — जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको नेता चयनका लागि बुधबार निर्वाचन हुने भएको छ । बुधबार साढे २ बजेपछि साढे ३ बजेसम्म मतदान गर्ने र अन्तिम परिणाम घोषणा हुने बताइएको छ ।

जसपाको संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले दाबी गर्दै आएका छन् ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको नेता चयनका लागि बुधबार निर्वाचन हुने भएको छ । बुधबार साढे २ बजेपछि साढे ३ बजेसम्म मतदान गर्ने र अन्तिम परिणाम घोषणा हुने बताइएको छ ।

सरकारको सहभागिता विषयमा निर्णय गर्न भने राजनीतिक समितिको बैठक पुस १८-१९ मा बस्ने भएको छ । महासचिव मनिष सुमनले सोही बैठकले सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्ने नेताको निर्णय गर्ने बताए ।

प्रकाशित मिति: २०२२-१२-२८ , समय : ११:३७:४३ , २ वर्ष अगाडि