माधव र उपेन्द्रलाई पनि सरकारमा समेट्ने प्रयासमा प्रचण्ड

रेडियो गौशाला , ७७२  पटक हेरिएको

काठमाडौं – नेकपा एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले सानो मन्त्रिपरिषद् विस्तार गरिसकेका छन् । अहिले सरकारमा नेकपा एमालेका विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री रहेका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रहेका छन् । यस्तै मन्त्रीहरुमा एमालेकी ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमा राई र जनमत पार्टीका अब्दुल खान छन् । अब फेरि पनि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री प्रचण्ड छन् ।

प्रधानमन्त्री प्रचण्डले अब सरकारमा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)लाई पनि जोड्ने तयारीमा रहेको बताइएको छ । एमालेसँग असन्तुष्ट रहेको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि सरकारमा आउन मन लगाइरहेको बताइएको छ ।

आफूहरुसँगको गबठन्धन तोडेर एमालेसँग गठबन्धन गरेर प्रचण्डले धोका दिएको अभिव्यक्ति माधवले दिइरहदा प्रचण्डले एकीकृत समाजवादीलाई समेट्ने प्रयासमा रहेको स्रोतको भनाई छ । ललितपुरस्थित प्रचण्डको एक नातेदारको निवासमा भएको भेटमा यी एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई समेटेर लाने बिषयमा छलफल भएको स्रोतको भनाई छ । यही पुस २५ गते संसद अधिवेशन सुरु भएपछि मन्त्रिपरिषद विस्तार हुनसक्ने बताइएको छ ।

यही पुस १० गते एमाले, माओवादी, राप्रपा, रास्वपा, जनमत पार्टी, नागरिक उन्मुक्ती पार्टीसहितको पार्टीको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित मिति: २०२२-१२-२८ , समय : ११:४२:३६ , २ वर्ष अगाडि