महोत्तरीमा एक पुरुषको बेवारिसे अबस्थामा शव फेला

रेडियो गौशाला , १३६३  पटक हेरिएको

महोत्तरीमा एक पुरुषको बेवारिसे अबस्थामा शव फेला परेको छ ।

बिहिबार पिपरा गापा ५ चाँदनीचौकस्थित जनकपुर जलेश्वर सडकखण्डको उत्तर साईडको कल्भटमा पानी जमेको स्थानमा अन्दाजी २५ देखी ३० बर्षका एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीलाई जानकारी हुनसाथ मुचुल्कासहितको प्रहरी टोली मुचुल्का गरी उक्त शवलाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल जलेश्वरमा राखेको र घटनाको अनुसन्धान थालेको तथा मृतको पहिचान हुन नसकेको जनाईएको छ ।

प्रकाशित मिति: २०२२-१२-३० , समय : ११:३४:२१ , १ वर्ष अगाडि