मधेश प्रदेशमा माओवादी केन्द्रका दुई समानुपातिक सांसदले सपथ लीन पाएन, यस्तो छ कारण

रेडियो गौशाला , २८९२  पटक हेरिएको

जनकपुरधाम। नेकपा माओवादी केन्द्रका दुईजना समानुपातिक सांसद मधेश प्रदेश प्रदेशमा सपथ ग्रहणबाट बञ्चित बनेका छन् ।

सांसदद्वय मालाकुमारी कर्ण र मो. रजी हैदर सर्वोच्चको अल्पकालिन आदेशका कारण शपथ लिनबाट बञ्चित भएका छन् ।

दुबैजना प्रदेशसभा सदस्यमा निर्वाचित भएको घोषणा गर्नेलगायतको बाँकी निर्णय र कामकारवाही कार्यान्वयन नगरी यथास्थितीमा राख्ने सर्वोच्च अदालतबाट निर्णय भएकोले शपथ ग्रहणबाट बञ्चित गरिएको प्रदेशसभा सचिवालयका सचिव रंजितकुमार यादवले जानकारी दिए ।

प्रदेशसभा सदस्यमा निर्वाचित भएको घोषणा गर्नेलगायतको बाँकी निर्णय र कामकारवाही कार्यान्वयन नगरी यथास्थितीमा राख्ने सर्वोच्च अदालतबाट मंसिर २९ गतेको अल्पकालिन अन्तरिम आदेश जारी भएकोले ति दुबैजनाको शपथग्रहण सम्बन्धी कार्य हाललाई स्थगित गरिएको सचिव यादवले जानकारी दिए ।

प्रकाशित मिति: २०२२-१२-३१ , समय : ०७:०४:५३ , २ वर्ष अगाडि