स्वर्गीय रामलखन चौधरी स्मृति कप फुटबलको उपाधि ढल्केवर टिमको कब्जामा

रेडियो गौशाला , ३४६१  पटक हेरिएको

महोत्तरी- गौशालामा सम्पन्न स्व. रामलखन चौधरी स्मृति कप २०७९ को उपाधि गौशालाको ढल्केवर टिमले प्राप्त गरेको छ ।

शनिवार सम्पन्न प्रदेशस्तरीय नकआउट फुटवल प्रतियोगितामा फाईनल खेलमा वर्दिवासको एपीएफ टिमलाई पराजित गर्दै गौशालाको ढल्केवर टिम उपाधि उपर कब्जा जमाउन सफल भएको छ।

स्थानिय विर्ता खेल मैदानमा भएको प्रतियोगिता अन्तर्गत को फाईनल खेलको अन्तिम समयसम्म दुवै टिमले १/१ गोलको बराबरीमा रहेको थियो । नजिता ल्याउनको खेलाईएको पेनाल्टी शुटआउटमार्फत विजेता छनौट गरिएको आयोजक विर्ता स्पोर्टसका ईन्दल राउतले जानकारी दिएका छन् ।

खेलमा प्रथम हुनेलाई आयोजकको तर्फबाट शिल्ड, नगद ६५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै उपविजेताले अर्थात दोस्रो हुनेले नगद ३० हजार, शिल्ड र प्रमाणपत्र पाएका छन् ।

स्व. शहिद रामलखन चौधरीको ११ औं स्मृतिमा आयोजित प्रदेशस्तरीय सो फुटबल प्रतियोगितामा मधेश प्रदेशका विभिन्न स्थानका टोलीहरुले सहभागी जनाएका थिए ।

गौशालाका शहिद रामलखनको समृतिमा हरेक बर्ष यहाँ फुटवल प्रतियोगिताको आयोजना हुँदै आएको छ ।

प्रकाशित मिति: २०२३-०१-०१ , समय : ००:२१:२८ , १ वर्ष अगाडि