महोत्तरीबाट लागुऔषधसहित तीनजना पक्राउ

रेडियो गौशाला , २१९८  पटक हेरिएको

महोत्तरी : महोत्तरी प्रहरीले लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । मंगलबार साँझ सम्सी गाउँपालिकास्थित सम्सी घण्टाघर नजिकबाट चेकजाँजको क्रममा भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिका वडा नं. ६ का ३० वर्षीय जयराम आले मगर, सोही ठाँउका २७ वर्षीय सुमन परियार र २८ वर्षीय सुमन परियारलाई ७४ थान लागुऔषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

भारतको बोर्डर कन्हमाबाट सम्सी घण्टाघरतर्फ पैदल आउँदै गर्दा सम्सी चौकीबाट खटिएको प्रहरीले चेकजाँज गर्दा उनीहरुको साथबाट ७४ थान प्रतिबन्धित लागुऔषध बरामद भएको महोत्तरी प्रहरीले जनाएको छ ।

अभियुक्तलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२३-०१-०४ , समय : ११:२१:१८ , १ वर्ष अगाडि