अख्तियारमा कार्यरत प्रहरी जवान मृत फेला

रेडियो गौशाला , ८०२  पटक हेरिएको

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी जवान मृत भेटिएका छन् । नेपाल प्रहरीका जवान खगेन्द्र नेपाली बिहीबार साँझ मृत अवस्थामा फेला परेका हुन् ।

टंगालस्थित अख्तियारको मुख्यालयमा कार्यरत नेपाली ड्युटी पोष्टमा झुण्डिएको अवस्थामा मृत भेटिएको आयोगका एकजना अधिकृतले रातोपाटीलाई बताए । उनी डोरीको पासो बनाएर झुण्डिएका थिए । सुर्खेत घर भएका उनी साँझ ६ बजेबाट सुरक्षा पोष्टमा ड्युटीमा खटिएका थिए । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।

प्रकाशित मिति: २०२३-०१-०५ , समय : २३:५४:३० , १ वर्ष अगाडि