वडाध्यक्षकाे निधन

रेडियो गौशाला , ५९०  पटक हेरिएको

गोरखा- गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । गएको बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

अकास्मत बेहोस भएको उनको गोरखा अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

स्थानीयका अनुसार उनी बिहीबार घरमै बसिरहेका थिए । सोही बेला उनी लडेर बेहोस भएका थिए । त्यस लगत्तै उनलाई अस्पताल पुर्याइएको थियो ।

उनलाई साँझ करिब ७ बजे चिकित्सकले उनलाई मृत घोष्णा गरेका हुन्।

प्रकाशित मिति: २०२२-१०-२८ , समय : ०८:०३:५६ , २ वर्ष अगाडि