मधेश प्रदेशमा पुस २८ गतेसम्म सरकार गठनका लागि आह्वान

रेडियो गौशाला , ९७४  पटक हेरिएको

काठमाडौं । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुख मिश्रले पुस २८ गते दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ अनुसरा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको हो ।

मधेश प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको छ ।

प्रकाशित मिति: २०२३-०१-०७ , समय : १०:३१:१४ , १ वर्ष अगाडि