३ लाख ८२ हजार नगदसहित १८ जना ‘जुवाडे’ पक्राउ

रेडियो गौशाला , ९३८  पटक हेरिएको

काठमाडौं– ३ लाख ८२ हजार रुपैयाँ नगदसहित काठमाडौं प्रहरीले १८ जना ‘जुवाडे’ पक्राउ गरेको छ।

तिहारको भाइटीकाको दिन (बिहीबार) राति काठमाडौंको नागार्जुन नगरपालिका–७ स्वीजरल्याण्ड पार्क नजिकबाट प्रहरीले १८ जना पुरुषलाई जुवा खेलीरहेको अवस्थामा पक्राउ गरेको हो। पक्राउ पर्नेमा १८ जना पुरुषहरु रहेका जनाइएको छ।

नागार्जुन नगरपालिका–७ स्थित उदय राज पुरीले सञ्चालन गरेको दहचोक सिटी भ्यु रिसोर्टमा सम्पत्ति हारजित हुनेगरी जुवा तथा कौँडा खेलीरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेको साथबाट नगद ३ लाख ८२ हजार ५९५ रुपैयाँ नगद, १५ बुक तास सेट र १६ थान कौडा बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। पक्राउ परेकाहरुमाथि प्रहरी बृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित मिति: २०२२-१०-२८ , समय : ०८:१२:०८ , २ वर्ष अगाडि