वडाध्यक्षलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

रेडियो गौशाला , ९५२  पटक हेरिएको

काठमाडौँ। आफ्नै वडा सदस्यलाई जातीय विभेद गरेको आरोपमा पोखरा महानगरपालिका २४ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई कारबाहीको माग गर्दै नगर सभामा विरोध प्रदर्शन गरेका छन् ।

उनलाई कारबाहीको माग गर्दै मङ्गलवार बसेको पोखरा महानगरपालिकाको १२ औँ नगर सभा स्थगित भएको हो। वडाध्यक्ष अधिकारीलाई कारबाहीको माग गर्दै एमाले जनप्रतिनिधिहरूले विरोध जनाएको हुन् ।

वडाध्यक्ष अधिकारीमाथि आइतबार उजुरी परेपछि मङ्गलवार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०१-१० , समय : १७:४४:०० , १ वर्ष अगाडि