टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदै

रेडियो गौशाला , ९७८  पटक हेरिएको

काठमाडौं- टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा अफगानिस्तान र आयरल्याण्ड नेपाली समय अनुसार बिहान पौने १० बजे खेल्नेछन् ।

अर्को खेल दिउँसो पौने २ बजे इङ्ल्याण्ड र अस्टे«लियाबीच हुनेछ । यसअघि हिजो भएका खेलहरुमा भारत, दक्षिण अफ्रिका र जिम्बावे बिजयी भएका छन् । जिम्बावेले पाकिस्तान माथि १ रनको रोमाञ्चक जित हाँसिल गर्‍यो । एक सय ३१ रनको लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित ओभरमा ८ विकेट गुमाएर एक सय २९ रन मात्रै बनाउन सफल भयो । लगातार दोस्रो हारसँगै पाकिस्तानको सेमिफानलको सम्भावना कठिन बनेको छ ।

यस्तै हिजै भएका खेलहरुमा भारतले नेदरल्याण्डलाई ५६ तथा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई १ सय ४ रनले हराएका थिए ।

प्रकाशित मिति: २०२२-१०-२८ , समय : ०९:०२:०५ , १ वर्ष अगाडि