विजलपुर समाज संस्थाद्धारा फोक्सोको पिडितलाई सहयोग

रेडियो गौशाला , १२०९  पटक हेरिएको

गौशाला । महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १३ स्थित रहेको बिजलपुरा युवा समाज सेवा संस्थाले एक पिडित परिवारलाई आर्थिक सहयोग गरको छ ।
बर्दिबास नगरपालिका १३ बस्ने अन्दाजी वर्ष १६ को निरज राउतलाई बिजलपुरा युवा समाज सेवा संस्थाले नगद २० हजार ५५ रुपैया सहयोग गरेको हो ।

राउतलाई केहि महिना देखि फोक्सोका कारण बिरामि परे पछि उपचार खर्च नभएपछि सो–संस्थाले सहयोग गरेको संस्थाका कार्यासमितिले बताए । केहि वर्ष देखि विभिन्न देशमा रहेको युवाहरुले मिलेर बिजलपुरा युवा समाज सेवा संस्था निर्माण गरि गरिब असाय अतिविपिन्नहरुलाई सहयोग गदै आइरहेको संस्थाका कोषाध्यक्ष उपेन्द्र राउतले बताए ।
हाल सम्म १०० भन्दा बढि युवाहरु यस संस्थामा सक्रय छन् ।

प्रकाशित मिति: २०२३-०१-१८ , समय : १४:२०:१३ , २ वर्ष अगाडि