सोनमा गापाको एक बडामा स्यालले आक्रमण गर्न थालेपछि स्थानियबासि भयभित ।।

बिष्णु यादब,गौशाला , १८३२  पटक हेरिएको

महोत्तरीको सोनमा गापाको एक बडामा स्यालले आक्रमण गर्न थालेपछि स्थानियबासि भयभित भएको छ । नेपाल भारत बार्डरको सिमा नजिक रहेको वडा नंम्बर ३ रधुनाथपुरमा स्यालले दुईदिनको अबधिमा ४ जनालाई टोकेर घाईते बनाएको स्थानिय युवा मुकेश कुमार यादबले जानकारी दिनुभयो । मंगलबार र शनिबार बिहानसम्म ४ जनालाई टोकेर घाईते बनाएको हो ।

घाईते हुनेमा स्थानिय ४४ बर्षिय कृष्ण पटेल,४० बर्षिय सुरेश सहनी त्यसैगरी १६ बर्षिय अंजली यादब र १४ बर्षिय हिना पटेल रहेको जनाईएको छ । मान्छे देख्ने बित्तिकै खेतवारीमा रहेका स्यालहरुको झुण्डले सर्बसधारण माथी एकाएक आक्रमण गर्ने गरेका स्थानियहरु बताउछन् ।

घाईतेहरु स्थानिय क्लिनिकहरुमा उपचार गराएर घर फर्केका हुन । स्यालहरुलाई धपाउन सर्बसाधारणहरुले प्रशासन समक्ष माग समेत गरेका छन् ।

प्रकाशित मिति: २०२३-०१-१८ , समय : १२:१८:५८ , १ वर्ष अगाडि