जनशक्ति अभावलाई चाँडै परिपूर्ति गर्छौँ : राज्यमन्त्री कार्की

रेडियो गौशाला , ३३५७  पटक हेरिएको

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले स्वास्थ्य क्षेत्रमा रहेको जनशक्तिको अभावलाई चाँडै परिपूर्ति गर्ने बताएकी छन् ।

बिहीबार वीर अस्पतालमा क्याथ ल्याबको उद्घाटनपछि उनले उपकरण, सिटी स्क्यान, एमआरआईको कमीलाई पनि अब चाँडै पूर्ति गर्ने कुरामा मन्त्रालय लाग्ने बताइन् ।

“जनशक्तिको कमी भएका कुरा, उपकरण, सिटी स्क्यान, एमआरआईको कमीका कुराहरू आएका छन् । साथै आजबाट सुरु हुन लागेको क्याथ ल्याबमा पनि केही मेसिनहरूको समस्या रहेको कुरा आएको छ, यसमा हाम्रो ध्यानाकर्षण भएको छ,” उनले भनिन्, “यसमा अध्ययन गर्नेछौँ । के गर्नुपर्छ, हामी गर्नेछौँ । दरबन्दीको लागि के गर्न सकिन्छ, लोकसेवा परीक्षा चाँडो गराएर स्थायी दरबन्दी बढाउने कुरामा अघि बढ्नेछौँ ।”

मन्त्री कार्कीले लोकसेवाको परीक्षा चाँडो गराएर आवश्यक स्थायी दरबन्दी बढाउने कुरामा सरकार लाग्ने बताइन् ।

प्रकाशित मिति: २०२३-०१-१९ , समय : २२:२८:४३ , १ वर्ष अगाडि