मिटरब्याज समस्या समाधानका यथासिघ्र पहल गर्छु : प्रचण्ड

रेडियो गौशाला , ७००  पटक हेरिएको

जनकपुरधाम- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधानका पहल गर्ने बताएका छन् ।

शुक्रबार बिहान बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग भेट गर्दै प्रधानमन्त्रीले आफूले यथाशीघ्र समस्या समाधान गर्ने बताएका हुन् ।

‘अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छ । मिटरब्याजी समस्याले हजारौँ किसानहरू पीडित हुनुभएको छ । यसलाई मैले राम्रोसँग बुझेको छु,’ प्रधानमन्त्रीले भने, ‘यसपटक तपाईंहरूको समस्या समाधान गर्ने कुरा मेरो प्राथमिकतामा छ, म समाधान गर्छु ।’

प्रधानमन्त्रीसँग भेटमा किसानका प्रतिनिधिहरूले वर्तमान सरकार किसानको प्रतिनिधि सरकार भएकाले आफूहरूका समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०२३-०१-२० , समय : १६:३८:२१ , १ वर्ष अगाडि