रेडियो गौशाला , ९७८ पटक हेरिएको

जनकपुरधाम- जनकपुरीयन लेडिज ग्रुपले विपन्न परिवारलाई कम्बल, खाद्यान्न सामग्री तथा फलफूल वितरण गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१२ भुतही पोखरीस्थित सुकुम्बासी बस्तीमा २५ घरधुरीका अति विपन्न परिवारहरुमा कम्बल, खाद्यान्न सामग्री तथा फलफूल वितरण गरिएको हो ।

२५ विपन्न घरपरिवारलाई विभिन्न सामग्रीहरु वितरण गरेको ग्रुपमा आवद्ध रिंकु गायत्री मिश्रले जानकारी दिइन् । उनले एक घरपरिवारलाई २ हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको बताइन् ।


उनले भने, ‘एक परिवारलाई २ थान कम्बल, ५ किलो चामल, १ किलो दाल, १ किलो आलु, २५० ग्राम सोयाबिन, कपडाको साबुन तथा नुहाउने साबुन २÷२ पिस, २५० ग्राम दालमोठ, १ किलो च्यूरा, ५ सय ग्राम मुरही र प्रतिपरिवार १ किलोका दरले सुन्तलासमेत वितरण गरेका छौं ।’

जनकपुरीयन लेडिज ग्रुपका सदस्यहरुले विपन्न परिवारलाई एकै ठाउँमा भेला पारेर सामग्री वितरण गरेका थिए । साथै सुकुम्बासी बस्तीकै अतिविपन्न शेरदेवी मुखियाको आँखा उपचारको जिम्मा पनि जनकपुरियन लेडिज ग्रुपले लिएको छ ।
खाद्यान्न सामग्री तथा फलफूल वितरण कार्यक्रममा जनकपुरीयन लेडिज ग्रुपमा आवद्ध रिंकु गायत्री मिश्र, ललिता लाभ, रुपा कर्ण, माला राय, दिपिका कार्की, आरति मण्डल, वरुणा कर्ण, रुपा कर्ण, अनिता बिश्वास, ज्योती झा, निभा झा, सिमा चौधरी लगायतका सदस्यहरुको सहभागिता रहेको थियो ।

जनकपुरीयन लेडिज ग्रुपले यसअघि गतवर्ष पनि कुष्ठरोग प्रभावितलाई लत्ताकपडा र खाद्यान्न सामग्री वितरण गरेको थियो ।
प्रकाशित मिति: २०२३-०१-२२ , समय : १३:०३:२८ , २ वर्ष अगाडि