जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक बिचौलिया पक्राउ

रेडियो गौशाला , ४५५  पटक हेरिएको

जनकपुरधाम- जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक बिचौलिया पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उप–महानगरपालिका १६ कपिलेश्वरका ३९ वर्षीय दिपक ठाकुर रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार सेवा ग्राहीसंग १५ सय रुपैयाँ लिदै गरेको अवस्थामा उनलाई मंगलबार पक्राउ गरिएको हो ।

नागरिकता, राहदानी (पासपोर्ट) बनाउन आउने सेवाग्राहीहरुलाई कार्यालयका कर्मचारीहरु आफ्नो चिनजानको रहेको र चाँडै काम गराइदिने भनेर जनही तीनहजार रुपैयाँसम्म लिने गरेको गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०१-२५ , समय : ०६:३१:३९ , १ वर्ष अगाडि