मधेस प्रदेशमा तीन बिना विभागीय मन्त्रीको मन्त्रालय तोकियो

रेडियो गौशाला ,

जनकपुरधाम- मधेश प्रदेशका बिना विभागीय तीन मन्त्रीको जिम्मेबारी ११ दिनपछि तोकिएको छ ।

गत पुस २९ गते बिना विभागीय मन्त्रीको रुपमा पद तथा गोपनियताको शपथ लिएका तीन मन्त्रीको जिम्मेबारी मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार तोका हुन् ।

जसपाका संजय यादवलाई अर्थ, नेकपा एमालेका सरोज यादवलाई भौतिक पूर्वाधार र जनमत पार्टीका बसन्त कुशवाहलाई सामाजिक विकास मन्त्रालयको जिम्मेबारी तोकिएको हो । मंगलबार बसेको मन्त्री परिषदको बैठकले सो निर्णय गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०१-२५ , समय : ०६:३६:४७ , ८ महिना अगाडि