पर्सामा गाँजासहित भारतीय नागरिक पक्राउ

रेडियो गौशाला , ८१५  पटक हेरिएको

वीरगन्ज- पर्साको कालिकामाई गाउँपालिका-१ मुड्लीबाट प्रहरीले गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक आयुषप्रसाद जोसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले सात केजी गाँजासहित भारत बिहारको गोपालगन्ज थानाको जगरी टोल घर भएका ५५ वर्षीय शम्भु सहनीलाई पक्राउ गरेको हो।

मुड्लीमा सवारी साधन चेकजाँचका क्रममा सहनी सवार बीआर २८ के ४९१९ नम्बरको मोटरसाइकल रोकेर प्रहरीले खानतलाशी गर्दा मोटरसाइकलको सिटमुनी फल्स बटम बनाई कालो ब्यागभित्र हरियो प्लाष्टिकले वेरी राखेको अवस्थामा ७ केजी गाँजा बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए।

गाँजासहित पक्राउ परेका सहनी विरुद्ध लागूऔषध सम्बन्धी कसूरमा मंगलबार पर्सा जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाइएको बुढाथोकीले जानकारी दिए।

प्रकाशित मिति: २०२३-०१-२५ , समय : ०६:४६:११ , १ वर्ष अगाडि