सेनाका जवान गेष्ट हाउसमा मृत भेटिए

रेडियो गौशाला , ४५५  पटक हेरिएको

काठमाडौं- नेपाली सेनाका जवान मृत भेटिएका छन्। रणभैरव गणमा कार्यरत नेपाली सेनाका जवान विनय कार्की बालाजुस्थित रसुवा गंगाजल गेष्ट हाउसमा मंगलबार विहान मृत भेटिएका हुन्।

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार उनी गणबाट सोमबार हिँडेका थिए। मंगलबार विहान गेष्ट हाउसको कोठा नम्बर १०२ मा उनी झुन्डिएको अवस्थामा मृत भेटिएका थिए।

पाल्पा रैनादेवी छहरा घर भएका कार्कीको हत्या हो या आत्महत्या अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले बताए। उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महराजगञ्ज लगिएको छ।

प्रकाशित मिति: २०२३-०१-२५ , समय : ०६:४८:०३ , १ वर्ष अगाडि