रेडियो गौशाला ,

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले प्रेम आचार्यले गरेको आत्मदाहलाई मोहम्मद बौउजीसँग तुलना गरेका छन्।
मङ्गलवार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि आफैँलाई आगो लगाएका आचार्यको मृत्युलाई बौउजीजीको आत्मदाहले ल्याएको अरब क्रान्ति जस्तै नेपालमा पनि क्रान्ति ल्याउने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्।
डा। राउतले गरेर खान चाहने सोझासाझाहरूका लागि यो देश बाँच्नै नसक्ने सीमासम्म पुगेकै हो ? भन्दै प्रश्नसमेत गरेका छन्।
उनले भनेका छन्, ‘प्रेम आचार्यजीको आत्मदाह मोहम्मद बौउजीजीको आत्मदाहले ल्याएको अरब क्रान्ति जस्तै भ्रष्टाचार, नेता तन्त्र र कर्मचारीतन्त्रको विरुद्धमा नेपालमा क्रान्ति ल्याउने हो कि, भन्न सकिन्न तर गरेर खान चाहने सोझासाझाहरूका लागि यो देश बाँच्नै नसक्ने सीमासम्म पुगेकै हो ।’
आचार्यले मङ्गलवार आफैँलाई आगो लगाएका थिए। उनको उपचारका क्रममा आज मृत्यु भएको हो।
प्रेम आचार्यजीको आत्मदाह मोहम्मद बौउजीजीको आत्मदाहले ल्याएको अरब क्रान्ति जस्तै भ्रष्टाचार, नेता तन्त्र र कर्मचारीतन्त्रको विरुद्धमा नेपालमा क्रान्ति ल्याउने हो कि, भन्न सकिन्न तर गरेर खान चाहने सोझासाझाहरूका लागि यो देश बाँच्नै नसक्ने सीमासम्म पुगेकै हो। श्रद्धाञ्जली
प्रकाशित मिति: २०२३-०१-२५ , समय : १३:१२:५४ , ११ महिना अगाडि