महोत्तरीसहित देशभर चिसो बढ्यो

बिबेक कुमार महतो , १८२१  पटक हेरिएको

File Photo

गौशाला– पश्चिमी वायुको प्रभावका कारण महोत्तरीसहित देशभर चिसो बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको बताउनुभयो । पश्चिमबाट हावा चलेको र कहिलेकाँही उत्तरपश्चिम भेग हिमाल तिरबाट पनि हावा आउने हुँदा चिसो बढेको वरिष्ठ मौसमविद् पौडेलले जानकारी दिनुभयो ।

तुलनात्मक रुपमा यो हप्ता यत्तिकै चिसोको अवस्थामा रहने र तापक्रम निरन्तर नघट्ने उहाँको भनाइ छ । गर्मि सकिएर चिसो मौसम सुरु भएको र देशभरिको तापक्रम घट्दै गएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: २०२२-१०-२८ , समय : १९:३८:४८ , २ वर्ष अगाडि