गृहमन्त्री लामिछानेको मुद्दाको इजलासमा एक जना न्यायाधीश फेरिए

रेडियो गौशाला , ४६४  पटक हेरिएको

काठमाडौं- गृहमन्त्री रवि लामिछानेको मुद्दा सुनुवाइ गर्ने इजलासमा एकजना न्यायाधीश हेरफेर भएका छन् ।

यसअघिको इजलासमा नरहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अहिले संवैधानिक इजलासमा छन् भने प्रकाशमानसिंह राउत हटेका छन् ।

वरिष्ठतम न्यायाधीश श्रेष्ठ यसअघि २२ पुसको सुनुवाइमा बिदामा थिए । यसअघिको सुनुवाइमा रहेका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा यथावत् छन् । अनलाइनखबर

प्रकाशित मिति: २०२३-०१-२५ , समय : १३:२३:४६ , २ वर्ष अगाडि