नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय ५ पुग्यो

रेडियो गौशाला , २३३४  पटक हेरिएको

काठमाडौं– आज देशभर थप १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९२४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १२ तथा एन्टिजेन विधिबाट ४ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप २९ जना निको भएका छन् ।

योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय ५ पुगेको छ । पछिल्लो २४ घण्टाको खोपको विवरण भने उल्लेख गरिएको छैन । नेपालमा कोरोना सङ्क्रमणका कारण हाल सम्म १२ हजार १९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: २०२२-१०-२८ , समय : १९:५६:०१ , २ वर्ष अगाडि