महोत्तरीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

रेडियो गौशाला , २०६९  पटक हेरिएको

बिबेक कुमार महतो, गौशाला । महोत्तरीमा मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । गौशाला नगरपालिकाबाट सोनमा गाउँपालिका तर्फ जाँदै गरेको ज ११प ९० नम्बरको मोटरसाईकलले सोनमा गाउँपालिका ७ सुन्दरपुर बस्ने ५० वर्षीया फेकनी देवी यादव खेत बाट घाँस लिएर घर जादै गरेको अबस्थामा ठक्कर दिदा गम्भीर घाइते भएकी थिइन् ।

उनलाई उपचारका लागि जनकपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । मोटरसाइक चालक सोनमा गाउँपालिका–६ मगरथना बस्ने १६ वर्षीय बालक बिकास कुमार साह प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रकाशित मिति: २०२२-१०-२८ , समय : २०:१२:२४ , २ वर्ष अगाडि