समाजसेबी केजरीवालद्वारा बिधार्थी सम्मानित ।।

बिष्णु यादब,गौशाला , ५६६०  पटक हेरिएको

महोत्तरीको सोनमा गापा वडा ७ मा रहेको श्री जनता माध्यमिक बिधालय सुन्दरपुरका कक्षा १० मा अध्यनरत एक छात्र र एक छात्रालाई समाजसेबी बिनोद यादब केजरीवालले सम्मानित गरेको छ ।

बिधार्थिहरुको मनोबल बढाउन, शिक्षा अध्यणप्रति जागरुक तथा असल अनुशासित बिधार्थी हुन प्रत्येक बर्ष सरस्वती पुजाको शुभ अबसरमा सम्मान गर्ने गरेको उहाले बताउनुभयो ।

कक्षा ९ को बाषर््िाक परिक्षामा सर्वोत्कृष्ट मार्क ल्याएका सुरेज महरा र चित्ररेखा यादबलाई एक एक सेट कपडा दिएर केजरीवालले सम्मानित गरेको प्रध्यानाध्यापक लालबाबु यादबले बताउनुभयो । सुरेजले ६७४ र चित्ररेखाले ५८५ मार्क ल्याएका थिए ।

प्रकाशित मिति: २०२३-०१-२८ , समय : ११:५४:१० , १ वर्ष अगाडि