राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै

रेडियो गौशाला , ८५१  पटक हेरिएको

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ ।

रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएपछि पहिलो पटक बैठक बस्न लागेको हो ।

केन्द्रीय सदस्य र सांसदलाई राखेर बैठक बस्न लागेको हो । लामिछानेले नागरिकता प्राप्त गरेपछि दिउँसो बैठक बस्ने तयारी गरिएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताएको छ ।

प्रकाशित मिति: २०२३-०१-२९ , समय : १२:२१:२५ , २ वर्ष अगाडि