भारतमा दुई वटा सैनिक विमान दुर्घटना, दुवै विमानको अवशेषमात्रै फेला

रेडियो गौशाला , ११४९  पटक हेरिएको

एजेन्सी- भारतीय वायु सेनाका दुई वटा विमान आकाशमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ ।

मध्यप्रदेश राज्यको ग्वालियरमा शनिबार बिहान भएको उक्त दुर्घटनामा बाँचेका एक जना चालकको अवस्था गम्भीर छ ।

वायु सेनाका अनुसार एउटा विमानमा एक जना मात्र चालक थिए भने अर्कोमा दुई जना सवार थिए ।

एउटा विमानका भग्नावशेष राजस्थानको भरतपुरमा र अर्को विमानका अवशेष मध्यप्रदेशको मोरेनामा फेला परेका मोरेनाका प्रहरी उपरीक्षकले बताएका छन् । दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ समिति गठन गरिएको छ। दुवै विमान अभ्यास उडानमा थिए ।

गत अक्टोबरमा अरुणाचल प्रदेशमा सैनिक हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको थियो ।

त्यसअघि पनि सोही राज्यमा हेलिकप्टर दुर्घटना हुँदा त्यसका चालकको ज्यान गएको थियो ।

सन् २०२१ को डिसेम्बर भारतका प्रधानसेनापति विपिन रावत सवार हेलिकप्टर दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: २०२३-०१-२९ , समय : १२:२६:०४ , १ वर्ष अगाडि