रेडियो गौशाला , ८२६ पटक हेरिएको
![](https://www.radiogaushala.com/wp-content/uploads/2023/02/ravi-lamichane-new-party-register-apply.jpg)
काठमाडौं- सर्वोच्च अदालतको आदेशबाट मन्त्री र सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको दोहारो राहदानीविरुद्ध अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परे पनि दर्ता भने हुन सकेको छैन ।
सिन्धुली जिल्लाका युवराज पौडेल सफलले मंगलबार काठमाडौं प्रहरी कार्यालयमा अमेरिका र नेपालको दोहोरो राहादानी लिएको आरोपमा अनुसन्धान गर्न उजुरी दिए पनि प्रहरीले उनी विरुद्धको उजुरी भने हाललाई दर्ता गरेको छैन ।
काठमाडौं प्रमुख दानबहादुर कार्कीका अनुसार नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआएको हुनाले जाहेरी दर्ता नगरिएको हो ।
![](https://www.radiogaushala.com/wp-content/uploads/2024/12/Binod-laxmi-masala-bhandar.gif)
निवेदनमा पौडेलले खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै लामिछानेलाई राहदानी ऐन अनुसार कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन गएका थिए ।
प्रकाशित मिति: २०२३-०२-०१ , समय : ०९:२९:१८ , २ वर्ष अगाडि