रेडियो गौशाला ,

जनकपुरधाम – धनुषाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी हिरासत तोडेर भागेका ६ थुनुवामध्ये विहिबारसम्म ४ थुनुवा पक्राउ परेका छन् ।
आईतबार विहान ३ः३० बजेको समयमा प्रहरीको हिरासतको पर्खाल फोडेर भागेका विभिन्न मुद्दामा ६ जना थुनुवामध्ये ४ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरीको व्यापक सर्च अपरेशनबाट विहिबार थुनुवाहरू मध्ये लागु औषध मुद्दाको थुनुवा जिल्ला धनुषा क्षिरेश्वरनाथ नपा ५ बस्ने ३५ को विनोद कुमार शर्मालाई जिल्ला धनुषा मथिला नगरपालिका वडा नम्बर १० लालगढको रातो खोलाको बगर छेउमा लुकिछिपि बसिरहेको अवस्थामा राती १ बजे पक्राउ गरिएको हो ।
अझै दुई जना थुनुवा फरार रहेको छ ।
प्रकाशित मिति: २०२३-०२-०२ , समय : १०:१६:५७ , ८ महिना अगाडि