सर्लाहीमा बोलेरो र ट्याक्टरको ठक्करबाट एक बालकसहित दुईजनाको मृत्यु

रेडियो गौशाला , ५३०  पटक हेरिएको

सर्लाही- सर्लाहीमा बुधबार छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटनामा एक बालकसहित दुईजनाको मृत्यु भएको छ । सर्लाहीको बरहथवा नगरपालिका १६ सितापुरकटानी स्थित शिव ईटा उधोगमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

उद्योगमै रहेको प्र २–०३–००१ त ६५५५नम्बरको ट्याक्टरको ठक्करबाट ठक्करबाट त्यहाँ काम गर्ने भारत उतर प्रदेश राज्य महमदी ग्राम शंकर छाउनी १ बस्ने संजिव कुमारका ६ वर्षीय छोरा हेमन्त कुमारको मृत्यु भएको हो ।

बुधबार साँझ ठक्करलागेर गम्भीर घाइते बालकको हरिवन स्थित लिलावती अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विजय यादवले जानकारी दिए ।

ट्रयाक्टर इलाका प्रहरी कार्यालय मुर्तियाको नियन्त्रणमा रहेको र ट्रयाक्टर चालक फरार भएकाले खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यस्तै बोलेरोले मोटरसाइकलमा ठक्कर दिँदा लालबन्दी नगरपालिका १७ रानीगंज डाडाटोलका ३३ वर्षीय राजकुमार महतोको मृत्यु भएको छ । बुधबार दिउँसो रानिगंज डाडाटोल स्थित भित्रि सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश २–०३००१ च ३१२९ नम्बरको बोलेरोले विपरीत दिशाबाट आइरहेको प्र २–०२–००२ प ९२५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते मोटरसाइकल चालक महतोको मोडल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ठक्कर दिने बोलेरो र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०२-०२ , समय : १०:१९:१० , १ वर्ष अगाडि