मलेसियाका गृहमन्त्री नेपाल आउँदै

रेडियो गौशाला , ८७८  पटक हेरिएको

काठमाडौं- नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने नेपाल भ्रमणका लागि आज यहाँ आउँदै छन् । उनी साँझ ७ बजे काठमाडौं आइपुग्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा गृहमन्त्री इस्माइलले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्नेछन् ।

भ्रमणका क्रममा मलेसियाको फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लानबारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीसँग छलफल गर्ने बताइएको छ । भ्रमण सम्पन्न गरी उनी आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम छ । रासस

प्रकाशित मिति: २०२३-०२-०२ , समय : १४:४०:३३ , १ वर्ष अगाडि