मधेश प्रदेश : छोराले गरे बुबाको हत्या

रेडियो गौशाला , १९०४  पटक हेरिएको

रौतहट- रौतहटको चन्द्रपुरमा छोरोले आफ्नै बुबाको हत्या गरेका छन् । चन्द्रपुर नगरपालिका –६ का ३२ वर्षीय प्रकाश राईले बिहीबार राति चिर्पट प्रहार गरी ५५ वर्षीय बुबा निरकुमारको हत्या गरेको प्रहरीले जनाएको छ ।

घटना पश्चात राईलाई राति नै प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको लाका प्रहरी चन्द्रनिगाहपुरका डिएसपी सन्तुप्रसाद जैसवारले जानकारी दिए ।

उनका अनुसार बाबु र छोरा प्रकाशबीच राति समान्य विवाद हुँदा प्रकाशले चिर्पटले हानेका थिए । बुबा निरबहादुरको टाउको, निधारको दाहिने भाग, बायाँ गालामा गम्भीर चोट लागेर घाइते भइ तत्काल चन्द्रपुर अस्पतालमा उपचारका लागि लगिएकोमा मृत्यु भएको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ ।

प्रहरीका अनुसार प्रकाशले मादक पदार्थ सेवन गरेको पाइएको छ । के कारणले बुबा माथि आक्रमण गरेको भन्ने तथ्या खुल्न बाँकी रहेको र घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०२-०३ , समय : ११:४८:५५ , १ वर्ष अगाडि