आजको मौसमः तराई मधेसमा हुस्सु लाग्ने

रेडियो गौशाला , ४९८  पटक हेरिएको

काठमाडौं- हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ । तराईका भू–भागहरूमा हुस्सु र कुहिरो लागेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश नं. १ र गण्डकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

यसैगरी, राती प्रदेश नं. १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । -न्युज कारखाना

प्रकाशित मिति: २०२३-०२-०४ , समय : १०:३८:२१ , १ वर्ष अगाडि