नेपालको पहिलो गभर्नर जबराको निधन

रेडियो गौशाला , २२६२  पटक हेरिएको

काठमाडौँ- नेपालका अग्रणी अर्थविद् एवं नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ ।

पार्किन्सन्स, मधुमेय, उच्च रक्तचापलगायत समस्या बढेपछि चार दिन अघि अस्पताल भर्ना गरिएका राणाको निधन भएको उहाँका ज्वाई एवं कांग्रेस नेता सुनील थापाले जानकारी दिनुभयो । राणाको उपचारका क्रममा आइतबार बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।

२०१३ सालमा नेपाल राष्ट्र बैंक स्थापना भएपछि २०१३ साल वैशाख १४ देखि २०१७ माघ २५ गतेसम्म उहाँ गभर्नर हुनुहुन्थ्यो । २०४० सालमा गोर्खा ब्रुअरी पनि स्थापना गर्नुभएका राणाले २०५० सालमा पाकिस्तानको हबिब बैंकसँगको संयुक्त लगानीमा हिमालयन बैंक सुरू गर्नुभएको थियो । निर्धन उत्थान बैंक र निर्जिवन वीमा कम्पनी लुम्बिनी जनरल इन्स्योरेन्सको सुरूवात पनि राणाले नै गर्नुभएको थियो । उहाँको दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

प्रकाशित मिति: २०२३-०२-०५ , समय : ०९:३८:४८ , २ वर्ष अगाडि