सत्ता गठबन्धनबाट अर्यालले उम्मेदवारी दिने तयारी

रेडियो गौशाला , ७९४  पटक हेरिएको

काठमाडौं- सत्ता गठबन्धनका तर्फबाट उर्मिला अर्यालले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा छन् ।

सत्ता साझेदार दलबीच राष्ट्रिय सभाको उपाध्यक्ष पद माओवादीलाई दिने सहमति अनुसार अर्यालले उम्मेदवारी दिन लागेकी हुन् ।

अर्याल नेकपा एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन् । राष्ट्रिय सभामा उनी मधेस प्रदेशबाट सदस्य निर्वाचित भएकी थिइन् ।

राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म दर्ता हुँदै छ ।

प्रकाशित मिति: २०२३-०२-०५ , समय : १०:५५:१० , २ वर्ष अगाडि