बागी उम्मेदवारी दिने नेताहरूलाई माओवादीद्वारा पार्टीबाट निष्कासन ।।

रेडियो गौशाला , ९८३  पटक हेरिएको

नेकपा माओवादी केन्द्रले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिने नेताहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिपत्र जारी गर्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिने पाँच जना केन्द्रीय नेताहरूलाई पार्टीबाट निष्कासन गरेको बताउनुभएको हो । पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित हुनेमा धनकुटाबाट स्वतन्त्र उम्मेदवारी दिएका हेमराज भण्डारी, सप्तरी १ बाट उम्मेदवारी दिएका अशोक कुमार मण्डल, पर्साबाट उम्मेदवारी दिएका वीरेन्द्र यादव र रोल्पाबाट उम्मेदवारी दिएका दिपेन्द्र बहादुर पुन मगर रहेका छन् । उनीहरू सबै केन्द्रीय समिति सदस्य हुन् ।

प्रकाशित मिति: २०२२-१०-३० , समय : १०:१३:५० , २ वर्ष अगाडि