गृह मन्त्रालय माग्न रबि फेरि सिंहदरबारमा

रेडियो गौशाला , १५०५  पटक हेरिएको

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । गृहमन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिइरहेको रास्वपाको बैठक बस्नु अघि सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

नागरिकता विवादमा सर्वोच्च अदालतले रबिको सांसद पद खोरेज गरेपछि उनी गृहमन्त्रीबाट स्वतः पदमुक्त भएका थिए । जिल्ला प्रशासन कार्यालय पुगी नागरिकता पुनः प्राप्तिको प्रक्रिया पुरा गरेका रबिले आफूलाई गैरसांसदको रुपमै भएपनि पुनः गृहमन्त्रालयकै जिम्मेवारी दिन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गर्दै आएका छन् । प्रधानमन्त्री प्रचण्डले रबिलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्ताव गरेका छन् ।

प्रकाशित मिति: २०२३-०२-०५ , समय : ११:१०:११ , १ वर्ष अगाडि