टर्कीमा एकाबिहानै शक्तिशाली भूकम्प, ५० जनाभन्दा बढीको मृत्यु

रेडियो गौशाला , ३२२७  पटक हेरिएको

एजेन्सी- टर्कीमा एकाबिहानै शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा ७.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

टर्कीको दक्षिणमा रहेको गाजियनटेप नजिकै शक्तिशाली भुकम्प गएको हो ।

जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सका अनुसार भूकम्पको केन्द्रविन्दु जमिनबाट १८ किलोमिटर तल थियो।

समाचार एजेन्सी रोयटर्सका अनुसार हालसम्म ५० जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ । त्यस्तै ४०० भन्दा बढी घाइते भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

यो संख्या अझै बढ्न सक्छ। साथै, आवासीय क्षेत्रमा भवनहरू ठुलो संख्यामा भत्किएको मिडिया रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति: २०२३-०२-०६ , समय : ११:१७:०२ , २ वर्ष अगाडि