पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य

रेडियो गौशाला , २९३२  पटक हेरिएको

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । आइतबार एक लाख चार हजार एक सय रुपैयाँमा कारोबार भएकोमा आज पाँच सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख चार हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय २० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०२-०६ , समय : ११:२१:३८ , १ वर्ष अगाडि