एमालेको केन्द्रिय समिति बैठकको पहिलो अजेन्डा: निर्वाचन समिक्षा

रेडियो गौशाला , ९०८  पटक हेरिएको

काठमाडौं – काठमाडौं प्रतिधिसभा निर्वाचन सम्पन्न भए पछि नेकपा एमाले को केन्द्रीय कमिटीको पाँचौं बैठक २९ माघवाट सुरु हुने भएको छ ।गत ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि एमालेले पहिलो पटक केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।

मुख्यगरी निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र सा‌ंगठनिक सुदृढीकरणबारे बैठकका मुख्य अजेन्डा हुने एमालेको केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन । बैठकको अजेन्डा तय गर्न २६ मा सचिवालय बैठक बोलाएको छ ।

बैठक तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलस्थित पार्टी कार्यालयमा बस्नेछ ।

प्रकाशित मिति: २०२३-०२-०६ , समय : ११:३४:५२ , २ वर्ष अगाडि