रेडियो गौशाला , १०१४ पटक हेरिएको
दक्षिण कोरियाको राजधानी सियोलमा भागदौड हुँदा १ सय ४९ जनाको मृत्यु भएको छ । अन्य ७६ जना घाईते भएका छन् । गएराति हलोविन मनाउन जम्मा भएको भिड बढेपछि भागदौड भएको हो । भागदौडका क्रममा मृत्यु हुनेमा दुई जना विदेशी र धेरै २० वर्षमुनिका रहेका बीबीसीले जनाएको छ । घाइतेमध्ये १९ जनाको अवस्था गम्भिर रहेको र ५७ जनाको अवस्था सामान्य रहेको पनि खबरमा उल्लेख छ । राष्ट्रपति युन सुक–योलले घटनाको दु:ख व्यक्त गर्दै घाइतेको उपचारका लागि कार्यदल गठन गर्न निर्देशन दिनुभएको छ । अहिलेसम्म घटनाको कारण खुलेको छैन । यसबारेमा अनुसन्धान हुने भएको छ ।
प्रकाशित मिति: २०२२-१०-३० , समय : १०:१८:४६ , २ वर्ष अगाडि